५ भदौ । अुनमति पत्र लगाएतका कागजातहरु नभएको र मनपरी भाडा अशुलेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सोमबार देखी अटो नियन्त्र गर्ने अभियान शुरु गरेको छ ।
मंगलबार दिउँसो सम्म जिल्ला भर १ सय ३६ वटा अटो नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिल्लाका छिन्चु, बोटेचौर, बांगेसिमल, वीरेन्द्रनगर र बड्डीचौरमा चल्ने अटोहरु नियन्त्रणमा लिइएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरी विसीले अटोका कारण अत्याधिक सवारी दुर्घटना भएको जनगुनासो आएपछि अटो नियन्त्रण गर्न बाध्य भएको बताए ।
कार्यालयका अनुसार आर्थीक वर्ष २०७४/७५ मा मात्रै सुर्खेत जिल्लामा ३ जनाले अटो दुर्घटनाकै कारण ज्यान गुमाएको र ८ जना घाईते भइसकेका छन् ।
अटो चालक आन्दोलनमा
कर्णाली प्रदेशको राजधानी सुर्खेतमै अटो चालक अुनमती पत्रको माग गर्दै अटोचालकहरु आन्दोलनमा उत्रीएका छन् ।
कर्णाली सरकारले सुर्खेतमै सवारी अनुमती पत्रको पहल गर्नुपर्ने, रुटप्रमीट, जांचपास र बिल बुकको व्यबस्था समेत सुर्खेतबाटै गर्नु पर्ने लगाएतका माग राख्दै अटोचालकहरु आन्दोलनमा उत्रीएका हुन् ।
मंगलबार करिब १ सय अटोचालकहरुले यातायात व्यवस्था कार्यालय, भौतीक पुर्वाधार मन्त्रालय कर्णाली प्रदेश, जिल्ला प्रशासन कार्यालय सुर्खेत र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा एक एक घण्टा धर्ना दिएका छन् ।
आन्दोलनमा सहभागी अटोचालक शेरबहादुर खत्रीले सुर्खेतमा प्रहरीले मजदुरमाथी ज्यादती गरेको आरोप लगाए । त्यस्तै अटोचालक यामबहादुर थापाले काजगपत्र भएकालाई पनी प्रहरीले दुःख दिने नियतमा नियन्त्रणमा लिएको बताएका छन् ।
आफ्ना सबै माग पुरा नभएसम्म आन्दोलन जारी रहने अटोचालक विवि सोनीको भनाई छ ।
सिद्धपाईला यातायात सेवा प्राली कर्णाली प्रदेशले समेत जिल्ला प्रशासन कार्यालय सुर्खेत, भौतीक पुर्वाधार मन्त्रालय, यातायात व्यवस्था कार्यालय र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
प्रत्येक हप्ता अटो चालक अनुमती पत्र खुलाउनु पर्ने र सबै किसिमका कागजातहरु सुर्खेतबाटै उपलब्ध गराउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको प्रालीका पदम वनले बताएका ।
प्रतिकृया दिनुहोस्