७ भदौ । सल्यान जिल्लाको पश्चिम क्षेत्रमा रहेको ब्यापारिक केन्द्र सल्लीबजार पछिल्लो समय अव्यवस्थित भएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको सदरमुकाम समेत रहेको सल्लीवजार अव्यवस्थित हुँदा बजार क्षेत्र कुरुप बन्दै गएको हो । स्थानीयले बजार अतिक्रमण गरेर सडकमै दाउरा र वाख्रा छाडा छोड्न थालेपछि सडक साँघुरो हुंदै गएको छ ।
यसरी सडक सांघुरो हुंदैजाँदा देशका विभिन्न स्थानबाट आवत जावत गर्ने सवारी साधानलाई समेत प्रत्यक्ष असर परेको छ । यस्तै व्यापारीले समेत सडकमै पसल थापेर सामान फिजाएर व्यापार गर्ने गरेकोले पनि बजारको सुन्दरता हराउँदै गएको स्थानीयको गुनासो छ ।
‘पश्चिम क्षेत्रको ठुलो व्यापारिक केन्द्र मानिने यस बजारमा दैनिकजसो नगर प्रमुख, उपप्रमुख, प्रहरी प्रशासनका प्रमुख तथा स्थानीय जनप्रतिनिधीहरु यस बजारमा आउने जाने गर्छन् तर अहिले सम्म यस तर्फ कसैको ध्यान जान सकेको छैन’ एक स्थानीयले बताए ।
सडक अतिक्रणका कारणले आवज जावत लगाएत हरेक समस्या आई परेको र दुर्घटनाका घटना वढिरहेको स्थानीयको भनाई छ । यस तर्फ नगरपालिकाले समेत ठोस योजना ल्याई कार्यन्वयन गर्न नसकेको गुनासो उनिहरुको छ ।
सामान्य व्यवहारीक कुरा नहेरी यातायातका साधानलाई दण्डीत गर्ने ट्राफिक समेत विहान देखि वेलुका सम्म यहि वजारमा घुमफिर भैरहेको देखिन्छ । १५ मिटरको सडकलाई अतिक्रमण गरि ६ मिटरमा सिमित पार्दा समेत सवै निकाय मुखदर्शक वनेका छन् ।
छिन्चु जाजरकोट सडक खण्डमा सवारी चलाउने चालक देखि सहयोगि र यात्रुहरुले सम्मले यो वजारको नाम दाउरे र वाख्रेवजार राखेका छन् । वाख्रा देखि दाउरा समेत सडकमै राखेर सडक साँघुरो पारेकोले आवत जावतमा कठिनाई हुने गरेको छ ।
प्रतिकृया दिनुहोस्