Birendranagar Municipality

यस्तो बन्दैछ पोखरा विमानस्थल (भिडियो)

सेरोफेरो
यस्तो बन्दैछ पोखरा विमानस्थल (भिडियो)

८ भदौ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा छ । सन् २०२१ सम्म सञ्चालनमा आउने लक्ष्यसहित निर्माण भइरहेको विमानस्थलको हालै एउटा एनिमेटेड भिडियो सार्वजनिक भएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले फेसबुकमा पोष्ट गरेको उक्त भिडियोमा निर्माण सम्पन्न भइसकेपछि पोखरा विमानस्थल कस्तो बन्छ भन्ने चित्र देखाइएको छ । भिडियोमा विमानस्थलको चेक इन एरिया, बोर्डिङ एरिया, सुरक्षा जाँच हुने क्षेत्र, ड्युटी फ्री पसलहरु पनि देखाइएको छ ।

 

पोखरा विमानस्थलबाट नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान गरेको र अवतरण गरेको पनि देखाइएको छ ।

 

भिडियो हेर्नुस् :

२०७५ भदौ ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्