Birendranagar Municipality

महिला हिंसा रोक्न संकल्प प्रस्ताव पारित

सेरोफेरो/काठमाडौं
महिला हिंसा रोक्न संकल्प प्रस्ताव पारित

फाइल तस्बिर : प्रतिनिधिसभाको वेवसाइट

 

८ भदौ । महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना रोक्न प्रतिनिधिसभा र सरकारले प्रतिवद्धता जनाएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सर्वसम्मतिले महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी संकल्प प्रस्ताव पारित गरेको हो ।

 

प्रस्ताव पारित गर्नुपूर्व संसदमा विभिन्न राजनीतिक दलका २२ सांसदले छलफलमा भाग लिएका थिए । प्रस्ताव पारित गरेसंगै संसदले महिलामाथि हुने हिंसा, शोषण र विभेद गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न र पीडितहरुको उपचार, क्षतिपूर्ति तथा सामाजिक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

 

संसदले संविधान र कानुनले महिलालाई दिएका हक अधिकारका विषयमा देशब्यापी रुपमा जनचेतनामूलक कार्यक्रम चलाउन तथा त्रुटीपूर्ण सामाजिक मूल्य मान्यता र अन्धविश्वास विरुद्ध रहेका कानुनी व्यवस्थालाई पाठ्यक्रममा समावेश गर्न पनि संसदले निर्देशन दिएको छ ।

 

छलफलपछि जवाफ दिने क्रममा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिला हिंसा रोक्न सरकार प्रतिवद्ध रहेको बताइन् । उनले संसदले दिएको निर्देशन अनुसार काम गर्ने प्रतिवद्धतासमेत जनाइन् ।

२०७५ भदौ ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्