Birendranagar Municipality

माटोमा मिसाइएको पौरख !

माटोमा मिसाइएको पौरख !

सेरोफेरो
५ जेठ, सुर्खेत । स्थानीय तहको निर्वाचन कार्यक्रम अनुसार बैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लामा मतदान सम्पन्न भएको छ । उक्त मतदानमा स्वतःस्फूर्त भाग लिएर नेपाली जनताले तोकतन्त्रप्रतिको अगाढ आस्था प्रकट गरेका छन् । यद्धपी मतपरिणाम आउने क्रम आजसम्म पनि जारी छ ।


निर्वाचन कहिलेकाहीं आउने राजनीतिक अवसर हो । तर, जनजीविकासंग जोडिएको कृषि कर्ममा जनता सदैव संलग्न हुँदै आएका छन् । खेतीपातीको समय शुरु हुँदैछ । यतिबेला किसानहरु खेतबारीमा पसिना चुहाईरहेका छन् । उनीहरुले घरेलु विधिबाट तयार गरिएको मल बारीमा फालेका छन् ।

 

बर्षा हुनासाथ बारीमा मकै छर्ने समय हुन्छ भने खेतमा धानको विउ राखिन्छ । यसै सन्दर्भमा सेरोफेरो टिमले सुर्खेतका केही स्थानका दृश्य क्यामेरामा कैद गरेको छ ।  

 

हेर्नुहोस् तस्बिरहरु :

 

m2गोठ नजिकै रहेको मलखात र बारी

m5मल फाल्दै महिला

m1मल फालेका गराहरु

m3मल फालेका गराहरु 

m4मल छर्दै महिला

(तस्बिर : सेरोफेरो)

२०७४ जेठ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्