९ भदौ । सल्यानको कपुरकोट तरकारीका लागि प्रसिद्ध छ । यहाँ हप्ताको दुई दिन हाटबजार लाग्छ मंगलबार र शुक्रबार ।
शुक्रबारे हाटमा यहाँ १६ लाख बढीको ताजा तरकारी र फलफूल बिक्री भएको छ । हाटमा किसानले आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य उत्पादन बिक्री गरेका हुन् ।
कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार शुक्रबार मात्र १६ लाख ३४ हजार ८ सय ७५ रुपैया बराबरको तरकारी बिक्री भएको छ । जसमा मौषमी र बेमौसमी गरी ५४ हजार ९ सय २५ किलो ताजा तरकारी बिक्री गरिएको थियो ।
शुक्रबारको मूल्य टमाटर प्रतिकिलो १८ देखि २२, बन्दागोभी २० देखि २५, फूलगोभी ४० देखि ५५, भेडे खुर्सानी ५० देखि ७० र घीउ सिमी ४० देखि ५५ रुपैयाँ रहेको बजार प्रतिनिधि कृष्ण बुढाथोकीले जानकारी दिए ।
यस्तै लसुन ४० देखि ५०, हरियो खुर्सानी २० देखि २५, काँक्रा ३० देखि ३५, मुला २५ देखि ३०, अकबरे खुर्सानी ७० देखि ८०, कागती ५० देखि ६० र अदुवा ८० देखि ९५ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको बुढाथोकीले बताए ।
प्रतिकृया दिनुहोस्