Birendranagar Municipality

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रम ओली

सेरोफेरो
कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रम ओली

९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

 

घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गर्न आएका नेकपाका कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका केन्द्रीय सदस्यहरुसंग कुरा गर्दे प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई सरकारले गम्भीर रुपमा छ, उनले भने, निष्पक्ष छानविन समिति गठन गरेर काम अघि बढिसकेको छ । साथै घटनाको विषयलाई लिएर हिंसा भड्काउने जोकोहीलाई पनि सरकारले कारवाही गर्ने उनले बताए । 

 

नेकपाका स्थायी समिति सदस्य भिम रावल नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउनुका साथै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो ।

२०७५ भदौ ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्