Birendranagar Municipality

सुस्त मनस्थिति भएकी युवतिको बलात्कार

सेरोफेरो/सुर्खेत
सुस्त मनस्थिति भएकी युवतिको बलात्कार

तस्बिरः गुगल

१० भदौ । सुर्खेतको चौकुने गाउँपालिकामा सुस्त मनस्थिति भएकी एक युवतिको बलात्कार गरिएको छ ।


२२ वर्षकी अविवाहित युवतिलाई ४६ वर्षका दनि बहादुर दानीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।


आमा गोरु चराउन गएको मौका पारेर भदौ ८ गते दिउँसो दानीले युवतिलाई बलात्कार गरेको पीडितको आरोप छ ।


इप्रका बाबियाचौरका प्रमुख प्रहरी निरिक्षक शुसोभन श्रेष्ठका अनुसार अभियुक्त दानीले यस अघि पनि ति युवतिलाई बलात्कार गरेका थिए ।


‘गाउँमा दादागिरी देखाउने दानीले पहिले पनि ति युवतिलाई बलात्कार गरेर गर्भपतन गरिएको रहेछ ।’ श्रेष्ठले भने ।


मुद्दा चलाउन र थप अनुसन्धान गर्नको लागी इप्रकाले पीडित र पिडक दुवैलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

२०७५ भदौ १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्