Birendranagar Municipality

वीनपा १० मा एमालेका बुढा विजयी

वीनपा १० मा एमालेका बुढा विजयी

सेरोफेरो

५ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं १० को अध्यक्षमा नेकपा एमालेका रत्नबहादुर बुढा प्यानल सहित विजयी भएका छन् । उनले नेपाली काँग्रेसका रविन्द्रजंग शाहीलाइ दुई सय ५८ मत अन्तरले पराजित गरेका हुन् ।

 

एमालेका बुढाले एक हजार तीन सय ६४ मत प्राप्त गरेका छन् भने काँग्रेसका शाहीले एक हजार एक सय छ मत पाएका छन् ।

 

यस्तै माओवादी केन्द्रका उम्मेदवारले तीन सय २७ मत पाएका छन् ।

२०७४ जेठ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्