१२ भदौ । अब सरकारी कर्मचारीको कुर्चीमा गम्छा वा टावेल राखिने छैन ।
गम्छा राख्दा अशोभनीय देखिएको भन्ने गुनासो आएपछि सहरी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिँदै कुर्चीमा गम्छा नराख्न भनेको छ। कार्यालय परिसर तथा कोठाहरू दैनिक सफा राख्न पनि मन्त्रालयले परिपत्रमार्फत् भनेको छ।
हेलो सरकारले कुर्सीमा तौलिया नराख्न पत्राचार गरेपछि सोहीअनुसार मन्त्रालयले कार्यान्वयन गरेको जानकारी हेलो सरकारलाई आइतबार पठाएको छ। मन्त्रालयका उपसचिव निर्माण कुमार कार्कीले मातहतका निकायलाई परिपत्र पठाउँदै कुर्सीमा राखेका तौलिया व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
कुर्सीमा फोहोर भइसकेका तौलिया पनि राख्दा अशोभनीय देखिएको भन्दै सेवाग्राहीले हेलो सरकारमा गुनासो गरेका थिए। हेलो सरकारले गुनासो मन्त्रालय तथा विभिन्न निकायमा पठाएको थियो।
प्रतिकृया दिनुहोस्