१३ भदौ । सरकारले प्रदेश नम्बर २ मा आरआरपि सिंह (रामराजा प्रसाद सिंह) स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने भएको छ ।
गणतन्त्रवादी नेता सिंहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सुटुक्क अगाडी बढाएका छन् । प्रतिष्ठान खोल्ने कुरा उठेपनि नामका बारेमा यादवको टीमलाई कुनै जानकारी छैन ।
यादवका स्वास्थ्य सल्लाहकार डा. कृष्णकुमार राई रामराज प्रसाद सिंहको नाममा प्रष्ठिान खोल्ने भन्नेमा आफु जानकार नभएको बताउँछन् । प्रतिष्ठान २ नम्बर प्रदेशमा खोल्ने भन्ने हो, तर रामराज प्रसाद सिंहको नाममा खोल्ने कुरा भएको छैन ।
मन्त्री यादवले भने साउन २५ मै मन्त्रीस्तरीय निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन् । नाममा विवाद आउन सक्ने भएकाले मन्त्री यादवले कसैसंग सल्लाह नै नगरी प्रस्ताव मन्त्री परिषदमा लगेको जानकारहरु बताउँछन् ।
मन्त्रिपरिषद्ले प्रतिष्ठान खोल्न सहमति दिएपछि विधेयकको मस्यौदा तयार हुन्छ । केही समय अघि मात्रै स्वास्थ्य मन्त्रालयले प्रदेश २ मा नयाँ स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न कार्यदल गठन गरेर अध्ययन गरेको थियो ।
प्रतिकृया दिनुहोस्