सेरोफेरो
५ जेठ, सुर्खेत । पञ्चपुरी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उपेन्द्रकुमार थापा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मान बहादुर विकलाई चार सय दुई मत अन्तरले पराजित गरेका हुन् । थापा नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापति हुन् । तत्कालिन सभापति तप्तबहादुर बिष्ट सभासद निर्वाचित भएपछि उनी कार्यबाहक सभापित बनेका थिए ।
थापाले पाँच हजार एक सय ३४ मत प्राप्त गरेका थिए भने एमालेका विकले चार हजार सात सय ३२ मत पाएका थिए ।
यसैगरी उप मेयरमा नेपाली काँग्रेसकी मुक्ति रेग्मी (पुरी) ले पाँच हजार दुइ सय दुई मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिस्पर्धी नेकपा एमालेकी राजकुमारी तिवारीले चार हजार आठ सय २४ मत पाएकी थिइन् ।
नगरपालिकाका एघार वडा मध्ये नेपाली काँग्रेसले छ र नेकपा एमालेले पाँच स्थानमा जित हात परेको छ ।
प्रतिकृया दिनुहोस्