१३ भदौ । जिल्ला अस्पताल सल्यानमा बन्दै गरेको नयाँ अस्पताल भवनको आज शिलान्यास गरिएको छ । बुधवार शारदा नगरपालिकाका निमित्त नगर प्रमुख दिपक हमालले बन्दै गरेको भवनको शिलान्यास गरेका हुन् ।
जिल्लाको सदरमुकाम खलंगामा रहेको अस्पताललाई शारदा नगरपालिका सल्यानले १ करोड ४१ लाख ६९ हजार ४ सय ७६ रुपैयाँको लागतमा भवन निर्माण गर्न लागिएको निमित्त नगर प्रमुख हमालले जानकारी दिए ।
शारदा नगरपालिका भित्रका सेवाग्राही लाई मात्रै नभई जिल्लाका विभिन्न स्थानबाट आउने बिरामी हरुलाई जिल्ला भित्रै सम्पुर्ण सेवा दिनुपर्ने आवश्यकता महसुस गरि अस्पताल लाई सुविधा सम्पन्न वनाउन लागी परेको हमालले बताए ।
शारदा नगरपालिकाका प्रवक्ता समेत रहेका हमालले यस अस्पतालमा आउने जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुका लागि अस्पतालमा सवै सुविधा निशुुल्क गरिने जानकारी दिए ।
तीन तलाको बन्न लागेको भवनमा सबै भन्दा तल्लो तलामा ओपीडी वार्ड, दोस्रो तलामा बिरामी भर्ना गर्ने ठाउँ र तेस्रो तलामा तालिम हल र क्वार्टरको रुपमा प्रयोग गरिने गरि भवनको डिजाईन गरेको नगर स्वास्थ्य प्रमुख रबिन विष्टले बताए ।
जिल्लाको एक मात्र सरकारी अस्पताल लाई ५० सैयाको पुर्याउने र सुविधायुक्त अस्पताल बनाउने उदेश्यका साथ शारदा नगरपालिकाले नयाँ भवन निर्माण कार्य शुरु गरेको नगर स्वास्थ्य प्रमुख विस्टले बताए । हाल जिल्ला अस्पताल १५ सैयाको मात्र छ ।
‘भवन निर्माण पछि यहाँ आउने सेवा ग्राहीलाई धेरै सहज हुने छ’ उनले भर्ने अहिलेको जस्तो बिरामीको चाप भएको बेला कहाँ राख्ने भन्ने चिन्ताबाट अस्पताललाई पनि छुटकारा मिल्ने अपेक्षा सहित भवन निर्माणका लागी रकम विनियोजन गर्न लगाईएको हो ।’
अहिले यस जिल्ला अस्पतालमा आएका बिरामी लाई कमै मात्रामा बाहिर रिफर गर्ने गरेको बताउँदै उनले अहिले यहाँबाट बाहिर रिफर गर्नु भन्दा पनि अन्य जिल्लाबाट यहाँ बिरामी सेवा लिन आउने गरेको बताए । भने ‘यस अस्पतालमा जिल्ला भित्रका मात्र नभई छिमेकी जिल्ला रुकुम, रोल्पाको केही भागबाट बिरामी आउने गरेका छन् ।’
यस नगरपालिकाले अस्पतालको सेवा प्रभावकारी बनाउन आवश्यक पर्ने सिआर प्रविधी, बढी क्षमताको जेनेरेटर, टिआरआर टेस्ट मेसिन, रक्तदानका लागि आवस्यक मेसिन लगायतका सामाग्री यस अघिनै अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्