१३ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालका खाडीका देशहरुको प्रयास (बिमस्टेक) को शिखर बैठकको तयारी पुरा भएको छ । नेपालमा हुन लागेको बिमस्टेकको तयारी सरकारले तिव्र रुपमा गरको छ ।
सरकारले विदेशी पाहुनाहरु आवतजावत गर्ने बाटोमा उच्च सुरक्षा शर्तकता समेत अपनाइ कडा सुरक्षा व्यवस्था मिलाएको छ । काठमाण्डौका विभिन्न स्थानहरुमा गेट राखेर पाहुनाहरुको स्वागत गरिएको छ ।
भदौ १४ र १५ मा हुन लागेको विमस्टेक सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भूटानका सरकार प्रमुख दासो छिरिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यानको सहभागिता हुनेछ ।
सेरोफेरोले काठमाडौंका विभिन्न स्थानहरुमा कैद गरेको तस्विरहरु हेर्नुहोस् ।
प्रतिकृया दिनुहोस्