Birendranagar Municipality

कर्णालीमा वातावरण विनासको कारण 'डोजर आतंक'

सेरोफेरो/सुर्खेत
कर्णालीमा वातावरण विनासको कारण 'डोजर आतंक'

१३ भदौ । बुधबार नेपाल वातावरण पत्रकार समूहले सुर्खेतको वीरन्द्रनगरमा 'सञ्चार वहस प्राथमिकतामा वातावरण' कार्यक्रमको आयोजना गर्यो । जसमा कर्णाली प्रदेशका धेरै जिल्लाका पत्रकारहरुको उपस्थिति थियो ।

 

कार्यक्रममा कालीकोटका पत्रकार बिष्णु न्यौपानेले स्थानीय सरकारले विकास निर्माणको नाममा डोजर चलाउँदा वातावरणमा खलल पुगेको बताए । 'स्थानीय सरकारको आधाजसो बजेट सडक निर्माणमै खर्च हुने भएकाले अहिले गाउँघरमा डोजर आतंक नै छ भन्दा हुन्छ', उनले भने-'न त्यहाँ सर्भे हुन्छ । न वातावरणीय परीक्षण नै ।'

 

यस्तै हुम्लाका पत्रकार रबिन भण्डारीले स्थानीय सरकारको विकाससम्बन्धी ठोस नीति नहुँदा यस्ता समस्या देखिएको बताएका छन् । जुम्लाा पत्रकार सुरज सिंहले हिमाली क्षेत्रमा चाउचाउ र बिस्कुटका खोस्टामाात्र भेटिनु वातावरणको लागि राम्रो नभएको बताए ।

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट छर्ने प्रवृत्तिका कारण वातावरणमा नकारात्मक असर परेको बताउँछन् । कार्यक्रममा उनले भने, ‘विकासे कार्यक्रम गर्दा बजेट एकै ठाउँमा खन्याउने हो । भाग लगाउने होइन । गुरुयोजना नबनाई भाग लगाएको बजेटले विकास र वातावरण दुबै विगार्छ ।’

 

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीमा वातावरण संरक्षणको लागि बेलैमाथि सचेत हुन जरुरी भएको बताएका छन् । उनले भने, 'प्रदेश सरकार वातावरण ऐनअनुसार काम गर्न प्रतिवद्ध छ ।'

२०७५ भदौ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्