Birendranagar Municipality

सुर्खेतमा ब्राउन सुगर बरामद

सेरोफेरो/सुर्खेत
सुर्खेतमा ब्राउन सुगर बरामद

१३ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकैदिनमा १५ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।


मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट गएको विशेष टोली र सुब्बाकुना प्रहरी चौकीको सहायताले नेपालगञ्जबाट सुर्खेततर्फ ल्याउदै गरेको १५ ग्राम ६ मिलीग्राम ब्राउन सुगर चेकचाजका क्रममा फेला पारेको हो ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगर ओसारपसारमा संलग्न ५ जनालाई पक्राउ गरी बुधबार सार्वजनीक समेत गरेको छ ।


भे ४ प ३४२१ नंम्बरको मोटरसाईकलको लुकीङ् ग्लासमा लुकाएर व्यापारिक प्रयोजनका लागी ब्राउन सुगर ल्याउंदै गर्दा वीरेन्द्रनगर ३ तातापानी बस्ने २० वर्षीय रमेशकुमार मल्ल बाट २ ग्राम ७ सय ८० मिलीग्राम ब्राउन सुगर बरामद गरेको हो ।

 

त्यस्तै मंगलबार नै भे ८ प ३७०६ नम्बरको मोटरसाईकलमा सवार वीरेन्द्रनगर ३ बस्ने २४ वर्षका समीर थापा र सोहि स्थान बस्ने २३ वर्षका यज्ञ सुनारबाट समेत ३ ग्राम १ सय ३० मिलीग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।


त्यस्तै मंगलबर भे ३ प ४२९४ नं को मोटरसाईकलमा सवार वीरेन्द्रनगर ४ का २३ वर्षीय सन्तोष बस्याल, वीरेन्द्रनगर १ बस्ने २८ वर्षीय डम्बरबहादुर भण्डारीबाट समेत जिल्ला प्रहरी सुर्खेतले ९ ग्राम ६ सय ९० मिलीग्राम ब्राउनसुगर बरामद गरी सार्वजनीक गरेको छ ।

 

सुर्खेत जिल्ला लागुऔषधको ‘हब’ बन्दैछ भन्ने अत्याधिक जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध नियन्त्रणको लागी अभियान शुरु गरेको छ ।

 

यति ठुलो परिणाममा भेटिएको लागुऔषध प्रयोगका लागी नभई व्यापारिक प्रयोजनका लागी ल्याईएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख बसन्त रजौरेले बताए ।


सुर्खेतमा कुनैपनि हिसाबले असुरक्षा नहुने किसीमको काम गर्नको लागी आफूहरु खटेको बताउँदै प्रमुख बसन्त रजौरेले भने ‘हामी सबै किसिमका सामाजीक अपराधलाई नियन्त्रण गर्ने प्रयासमा छौं । विशेषगरी लागुऔषध नियन्त्रणमा हामी लाग्ने छौं ।’

 

लागुऔषध नियन्त्रणमा उत्कृष्ट काम गर्ने प्रहरी जवानलाई प्रत्येक महिना पुरस्कृत गर्ने योजना कार्यालयले बनाएको समेत प्रमुख रजौरेले जानकारी दिए ।

 

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा १५ दिनमा आत्महत्याका ६ वटा, चोरीका ४, जबरजस्ती क?णीका ६, लागुऔषध ब्राउन सुगरका ८, गांजा १, बहुविवाह ३, सार्वजनिक शान्ति सुरक्षा बिरुद्ध कसुरका मुद्धा ३ लगाएत ३० वटा मुद्धा दर्ता भएका छन् ।

२०७५ भदौ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्