Birendranagar Municipality

चौकुने गाउँपालिकामा एमाले विजयी

चौकुने गाउँपालिकामा एमाले विजयी

सेरोफेरो

५ जेठ, सुर्खेत । चौकुने गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका धिरबहादुर शाही निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका खड्क बास्पानेलाई चार सय ९७ मत अन्तरले पराजित गरेका छन् । शाहीले तीन हजार दुई सय ४२ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन् ।

 

उप-प्रमुखमा एमालेकै निर्मला रानाले तीन हजार तीन सय ५६ मतका साथ जित हात पारेकी छन् । उनले नेकपा माओवादी केन्द्रका विमला जिसीलाई एक हजार ४१ मत अन्तरले पराजित गरेकी हुन् । 

 

चौकुने गाउँपालिकाका जम्मा १० वडा मध्ये नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले २ र नेपाली काँग्रेसले २ वडामा अध्यक्ष हात पारेका छन् ।

 

 

२०७४ जेठ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्