Birendranagar Municipality

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै सल्यानमा प्रदर्शन

सेरोफेरो/सल्यान
निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै सल्यानमा प्रदर्शन

१४ भदौ । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै सल्यानमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।

 

बिहिबार जिल्लाको शारदा नगरपालिकामा रहेको एमएम एकेडेमी खलंगामा अध्ययनरत छात्राहरुले निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्ति पत्ता लगाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

 

बिद्यालय परिसरबाट निकालिएको र्‍याली खलंगाबजार परिक्रमा गर्दै पुरानो बसपार्कमा गएर कोण सभामा परिणत भएको थियो ।

 

छात्रा गंगा बुढाथोकीले सहजीकरण गरेको कोण सभामा छात्राहरु अमृता भण्डारी, सुशिला बुढाथोकी, मनु केसी लगाएतका धारणा राखका थिए । उनीहरुले बढ्दो बलात्कारका घटनाले बालिका तथा किशोरीहरुमा डर फैलिएको बताए ।

 

कञ्चनपुर लगायत देशका विभिन्न भागका बालबालिकाहरु हिंसामा परेको भन्दै उनीहरुले प्रदर्शन गरेको बिद्यालय सञ्चालक महेश देवकोटाले जानकारी दिए ।

 

निर्मला पन्तको गत साउन पहिलो साता बलात्कारपछि हत्या गरिएको थियो ।

 

२०७५ भदौ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्