Birendranagar Municipality

जुम्लामा ‘एप्पल टुरिजम’, स्याउ महोत्सव हुदै

शुभाकर विश्वकर्मा /जुम्ला
जुम्लामा ‘एप्पल टुरिजम’, स्याउ महोत्सव हुदै

१४ भदौ । जुम्लाबासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त छन् । पुरै जुम्ला स्याउमय बनेको छ । 

 

जुम्लाको प्रमुख आन्तरिक स्रोतको रुपमा रहेको स्याउ निर्यातको चटारो छ सबैलाई । पछिल्लो समय स्याउ जुम्लाको चिनारी समेत बनेको छ ।


जुम्लामा १५ हजार बगैचामा करिब साढे ४४ हजार बोट रोपिएको तथ्यांक छ । गत वर्ष जुम्लामा १० लाख ३५ हजार स्याउका विरुवा रोपिएको सरकारी आँकडाले देखाउँछ ।


अघिल्लो वर्ष जुम्लामा ३ हजार १ सय ५० मेट्रिकटन स्याउ फलेको थियो । यस वर्ष त्यसको दोव्बर ६ मेट्रिकटन स्याउ फल्ने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ ।


यस्तै, जुम्लाको यहि सम्भावनालाई उजागर गर्न जुम्लामा पहिलो पटक भदौ १६ गते ‘जुम्ला स्याउ महोत्सव २०७५’ हुने भएको छ । जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउन स्याउ सम्मेलन गर्न लागिएको हो ।


आयोजक कान्जिरोवा टाईम्सले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणमा टेवा पुयाउने, एप्पल टुरिजमको आधार तय गर्ने र स्याउका परिकारहरुको उत्पादन सम्बन्धि प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जानकारी दिएको छ ।


कार्यक्रममा बोल्दै आयोजक कान्जिरोवा टाईम्सका पुर्व सम्पादक महेन्द्र कार्कीले उत्पादित स्याउको निर्यात प्रक्रियालाई प्रभावकारी बनाउने र स्याउ खान कै लागि जुम्ला पुग्न सघाउ होस भनेर स्याउ महोत्सव गर्न लागेको बताए ।


उनका अनुसार जुम्ला स्याउबाट आत्म निर्भर बन्न सक्छ । जुम्लालाई एप्पल टुरिजमको रुपमा चिनाउन पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको सम्पादक महेश नेपालीले बताए । उनले भने ‘देश तथा विदेशमा स्याउ प्रतिको आकर्षण बढाउन महोत्सव आयोजना गरिएको हो ।’ एक दिन चल्ने महोस्तवमा स्याउका विभिन्न परिकारहरुको स्टल राखिने भएको छ ।


महोत्सवका मुख्य आकर्षण

सदरमुकाम खंलगामा चल्ने महोत्सवको मुख्य आकर्षण भनेको जुम्लाको स्याऊ हो । जुम्लामा फल्ने विभिन्न एक दर्जन बढी प्रजातीका स्याउ बाट बन्ने विभिन्न किसिमका स्याउका परिकार रहने छ ।


यस मध्ये करिब दुईतिहाई रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विषेश आकर्षणका रुपमा रहने आयोजकले जनााएको छ । पछिल्लो दुई वर्ष यता जुम्लामा शुरु गरिएको ईटालियन फिजि स्याउ पनि स्टलमा राखिनेछ ।


स्याउ सम्बन्धि सम्पुर्ण जानकारी दिन स्याउ सुचना केन्द्र स्थापना गरिने छ । यस्तै विभिन्न स्थानिय संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम पनि देखाईने भएको छ । डकुमेन्ट्री एण्ड पोष्टरिड्ड बाल क्रियाकलाप र एप्पल ट्री प्रदर्शन नै स्याउ महोत्सवका आकर्षण हुन ।

२०७५ भदौ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्