Birendranagar Municipality

कर्णालीका मुख्यमन्त्रीको एक महिनाको तलब बालविकासलाई 

सेरोफेरो/सुर्खेत
कर्णालीका मुख्यमन्त्रीको एक महिनाको तलब बालविकासलाई 

१५, भदौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बालविकास भवनको बान्नो आँफैले लगाएका छन् । कर्णाली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गते श्रम गर्ने घोषणा गरेबमोजिम शुक्रबार वालविकास भवनको बान्नो लगाएर श्रम गरेका छन् ।


वीरेन्द्रनगर ५ को सरस्वती टोलमा रहेको बालविकास केन्द्रको १ कोठे भवनको शिलान्यास संगै उनले ढुङ्गा बोक्ने समेत काम गरेका छन् । एक महिनाको आफ्नो तलब उक्त भवन निर्माणका लागि प्रदान गर्ने पनि उनले घोषणा गरेका छन् ।


२०७० सालमा आएको बाढिले सरस्वती टोलको बालविकास केन्द्रको भवन बगाएको थियो । सरस्वती टोलमा रहेका केहि घर समेत २०७० सालको बाढिले क्षती गरेको थियो ।


बालविकास केन्द्रको भवन बजेट अभावका कारण बनाउन नसकेपनि शुक्रबार कर्णाली प्रदेश सरकारको श्रमटोलीले आवश्यक ढुङ्गा संङ्कलन गरेको छ ।


शुक्रबार उक्त क्षेत्रमा तटबन्धन निर्माण कार्यको समेत शुरुवात गरिएको छ । तटबन्धन कार्यका लागी आवश्यक ढुङ्गा संकलन गरिएको छ । तटबन्धको लागि मुख्यमन्त्रालयको निर्देशनमा वीरेन्द्रनगर नगरपालिकाले आज नै १० वटा तारजाली दिएको छ ।


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहि सहित मन्त्रालयका सचिब, सुरक्षा निकाय तथा कर्मचारीहरुले समेत श्रमदान गरेका छन् । श्रमदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बाढिपिडितको पिडालाई प्रदेश सरकारले राम्रोसंग महशुस गर्ने बताएका छन् ।


वीरेन्द्रनगर नगरपालिका ५ सरस्वती टोलका बाढि पीडितका समस्या समाधानका लागी स्थायी समाधानको पहल अगाडि बढाईसकेको समेत मुख्यमन्त्री शाहिले बताए ।

२०७५ भदौ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्