१५ भदौ । गएको भदौ १२ गते राती घर भत्किएर मृत्यु भएका सल्यानका बागचौर नगरपालिका ४ सेतिगुराँसका परिवारलाई कर्णाली प्रदेश सरकारल राहत प्रदान गरेको छ ।
शुक्रबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पीडितकैै घरमा पुगी राहत १ लाख ५० हजार राहत प्रदान गरेका हुन् ।
मन्त्री ज्वालाले एकै घरका ५ जनाको मृत्यु हुनेगरी भएको घटनाप्रति प्रदेश सरकारको तर्फबाट शोक प्रकट गरेका थिए । घटनाबाट ज्यान जोगाएका ३ जना वालिकाहरुको शिक्षा दीक्षामा प्रदेश सरकारले सहयोग गर्ने पनि उनल बताए ।
यो दर्दनाक घटनाले मलाई पनि मर्माहत वनाएको छ । टुहरा वालवालिकाको निशुल्क शिक्षाको लागि प्रदेश सरकारले पहल गर्छ, मन्त्री ज्वालाले भने । यसका लागि संरक्षकको नाममा बैंकमा खाता खोलेर सहयोग उपलव्ध गराउने मन्त्री ज्वालाको भनाई छ ।
यस अघि जिल्ला प्रशासन कार्यलय सल्यानले मृतकका परिवारलाई १ लाख रुपैया राहत प्रदान गरेको थियो ।
घरको दलिन भाँचिएर ३९ वर्षिय रामसिंह कामी उनकी ३५ वर्षिय श्रीमति रामकला कामी, ६ वर्षिया छोरी गंगा कामी, ५ वर्षिया छोरी प्रमिला कामी र ४ वर्षिय छोरा रुपलाल कामीको मृत्यु भएको थियो ।
संगै सुतेकी ९ वर्षिया छोरी सुनिता विक भने सामान्य घाइते भएकी थिइन । घाइते वालिकाले राती ११ वजे छिमेकीहरुलाई खवर गरेपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।
यस्तै छत्रेश्वरी गाउँपालिका २ दहखोलामा पहिरोका कारण घरवार विहीन भएका ३ घर परिवारलाई राहात समाग्री वितरण गरिएको छ ।
पहिरोबाट यमबहादुर वली, लक्ष्मण केसी र प्रेम केसीको घर पूर्ण रुपमा पुरिएको थियो । मानविय क्षति नभएपनि घर पूर्ण रुपमा क्षति भएपछि पीडितहरु आफन्तकोमा आश्रय लिएर वसेका छन् ।
छत्रेश्वरी गाउपालिकाको कार्यालयमा शुक्रबार आयोजित एक कार्यत्रममा आर्थिक मामला तथा योजना मन्त्री ज्वालाले प्रदेश सरकारको तर्फबाट उनीहरुलाई राहत उपलव्ध गराएका हुन ।
प्रतिकृया दिनुहोस्