Birendranagar Municipality

बोक्सीको आरोपमा बुहारीले गरिन सासुको हत्या

मिना बुढाथोकी /सल्यान
बोक्सीको आरोपमा बुहारीले गरिन सासुको हत्या

१६ भदौ । सल्यानको कपुरकोट गाउँपालिका २ को सामुदायिक जंगलमा भेटिएको वृद्धाको शव हत्या गरि फालिएको खुल्न आएको छ ।

 

तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ६९ बर्षिया खोपी रावतलाई आफ्नै साईली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४० बर्षकी टंकी रावतले हत्या गरेर कपुरकोटको जंगलमा फालेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



गत भदौ ३ गते बुहारीले सासुलाई झारफुक गर्न जाम भन्दै सल्यानको कपुरकोट ल्याएको र झारफुक गरी भदौ पाँच गते फर्किने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको भकम जंगलमा हत्या गरि फालेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको सल्यानका प्रहरी प्रमुख डिएसपि विरेन्द्र बहादुर शाहीले बताए ।



हत्या गर्ने बुहारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले भारतको कृष्णनगरबाट शनिबार बिहान पक्राउ गरेको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए । धामी झाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भनेपछि आँफुले हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् ।

 

झारफुक गर्न जाने भन्दै घरबाट निस्केको ९ दिन सम्म घरमा नफर्कीए पछि बुहारीले नै हत्या गरेको भन्दै छोरीले भदौ १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् ।


मृतकको शव जिल्ला प्रहरी कार्यालयमा पोष्टमार्टमका लागि राखिएको र पक्राउ परेकी टंकी रावतलाई दांगबाट आजनै सल्यान ल्याईने र कर्तव्य ज्यान अन्तरगतको मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

२०७५ भदौ १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्