Birendranagar Municipality

टंक प्रसाद स्मृती प्रतिष्ठानको २५ औं साधारण सभा सम्पन्न

सेरोफेरो/काठमाडौं
टंक प्रसाद स्मृती प्रतिष्ठानको २५ औं साधारण सभा सम्पन्न

१६ भाद्र । टंक प्रसाद आचार्य स्मृती प्रतिष्ठानले आफ्नो २५ औं साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौमा सम्पन्न उक्त साधारणमा प्रगति प्रतिवेदन, लेखापरिक्षण प्रतिबेदन पास तथा आगामी बर्षका कार्यक्रमहरु पास गर्दे कार्यसमितिको समेत निर्बाचन गरेको छ ।


ज्यूदा सहिदको उपाधि पाएका पूर्ब प्रधानमन्त्री टंक प्रसाद आचार्य स्मृती प्रतिष्ठानको २५ औं साधारण सभाले अरबिन्द रिमालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।

 

समितिको उपाध्यक्षमा प्रा.डा. राजेश गौतम, महासचिबमा डा. मीना आचार्य, कोषध्यक्षमा श्री शुरेस शत्याल, सदस्यहरुमा बाबुराम आचार्य, प्रा.डा. शोभा पोख्रेल, शान्ता मानबी (पूर्बमन्त्री), रथी नेत्रबिक्रम थापा, रामजी प्रसाद उपाध्याय पोख्रेल, पूर्ब महालेखापरिक्षक बद्रीबहादुर कार्की निर्बाचित भएका छन् ।


कार्यक्रमको अन्त्यमा पुन निर्बाचित अध्यक्ष रिमालले नबनिर्बाचित सदस्यहरुलाई बधाई दिदै आगामी प्रतिष्ठानलाई अग्रगती दिन सबै मिले अगाढी बढ्नुपर्ने धारणा राखेका थिए ।


कार्यक्रममा निर्बाचित अध्यक्ष, निबर्तमान अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्यहरुलाई निर्बाचन कमिटी संयोजकको रुपमा रहेका सीमाबिद बुद्धीनारायण श्रेष्ठले माला लगाएर सम्मान गरेका थिए । महासचिबमा निर्बाचित डा. आचार्य पूर्बप्रधानमन्त्री स्व. आचार्यकी पुत्री हुन् । निजामती अस्पताललाई टंकप्रसाद आचार्य निजामती अस्पताल नामाँकरण गर्न नेपाल सरकारलाई प्रतिष्ठानका तर्फबाट अनुरोध गर्ने बिशेष प्रस्ताब पास गरिएको छ ।

 

कार्यक्रममा बोल्दै नबनिर्बाचित महासचिब डा. आचार्यले प्रतिष्ठानलाई अगाडी बढाउन सबैको महत्वपूर्ण भूमिका हुने हुनाले सबैले प्रतिष्ठानलाई अगाडी बढाउन अझ राम्रो बाटो खोज्नुपर्ने बेला आएको बताएकी थिईन् । उक्त कार्यक्रम संचालन प्रतिष्ठानका कार्यकारी निर्देशक गोबिन्द दुलालले गरेका थिए ।

२०७५ भाद्र १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्