Birendranagar Municipality

यती एयरलाइन्सको जेट धावनमार्गमा चिप्लियो, पाँच यात्रु घाइते

सेरोफेरो/काठमाडौं

१६ भाद्र । नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट विमान शनिबार राति ८ः३० मा अवतरणपछि धावनमार्गमा चिप्लिएको छ ।

 

यती एयरलाइन्सले अफिसियल फेसबुक पेजमार्फत जानकारी दिदै सवै यात्रुहरु तथा चालकदलका सदस्यहरु सकुसल रहेको जनाएको छ ।

 

उता त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्रीका अनुसार जहाजमा रहेका ५ यात्रुलाई सामान्य चोट लागेको छ। चालक दल र अरु यात्रुको अवस्था सामान्य छ।

 

कोटेश्वरतर्फबाट अवतरण गरेको जहाज चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रा) भाँच्चिएको महाप्रबन्धक क्षत्रीले बताए।

२०७५ भाद्र १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्