Birendranagar Municipality

आज श्रीकृष्ण जन्माष्टमी

सेरोफेरो
आज श्रीकृष्ण जन्माष्टमी

१७ भदौ । भदौ कृष्ण अष्टमीका दिन आइतबार भगवान् श्रीकृष्णको आराधना गरी श्रीकृष्ण जन्मोत्सव मनाइँदैछ । आज देशैभरका कृष्णमन्दिरहरुमा पूजा अर्चना गरिन्छ ।

 

द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भगवान् विष्णुको अवतारको रूपमा यसै दिन उनको जन्म भएको थियो ।

 

'कर्म गर, फलको आशा नगर' भन्ने कृष्णवाणी मनन योग्य छ । सूर्य योगमा भगवान् रामको जन्म भएको मानिए जस्तै चन्द्र योगमा भगवान् कृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

२०७५ भदौ १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्