१७ भदौ । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले ६० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३-३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।


प्रतिकृया दिनुहोस्