१७ भदौ । कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावलले कर्णालीलाई खेलकुदमा अब्बल बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशले आईतवार वीरेन्द्रनगरमा आयोजना गरेको नयाँ ‘पुम्से सेमिनार’ को उद्घाटन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् ।
तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं खेलाडीहरु समेतको सहभागीता रहेको सेमिनारमा बोल्दै मन्त्री रावलले सिमित बजेटका वाबजुद पनि खेल क्षेत्रको बिकास गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखे ।
मन्त्री रावलले हुम्लामा ‘हाई अल्टिच्युड कर्बड हल’, सुर्खेतमा राष्ट्रिय स्तरको बहुआयामिक रंगशाला निर्माण लगायत पुर्वाधार बिकासलाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् ।
पहिला पुम्से विधा प्रर्दशनको रुपमा मात्रै रहेकोमा अब भने प्रतिस्पर्धाका रुपमा लिईने तेक्वान्दो संघका केन्द्रिय सदस्य नन्दा बस्यालको भनाई छ । कोरियन प्रशिक्षकद्वारा प्रशिक्षण हुने भएकोले नयाँ नियम लागू गरी नयाँ खेलाडी उत्पादन गर्ने उनले बताइन् ।
कर्णाली प्रदेशमा सक्षम खेलाडी उत्पादन गर्नको लागि नयाँ पुम्से सेमिनार पनि उद्घाटन गरिएको साहयक प्रशिक्षक तथा सुर्खेत तेक्वान्दो संघका अध्यक्ष भुवन थापाले बताए । पुम्से बिधामा पनि कर्णाली प्रदेशका धेरै खेलाडीहरुले राष्ट्रिय स्तर सम्म पुर्याउने उद्देश्यले नयाँ सेमिनार नै शुरु गरी प्रशिक्षण दिन लागेको उनको भनाई छ ।
सेमिनारमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, उपाध्यक्ष जनक रावल, लगायत तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक र खेलाडीहरुको सहभागीता रहेको थियो । सेमिनार आगामी २० गते सम्म चल्नेछ ।
प्रतिकृया दिनुहोस्