Birendranagar Municipality

भेरीगंगामा काँग्रेसका चन्द निर्वाचित

सेरोफेरो
५ जेठ, सुर्खेत । भेरीगंगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भुपेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । उनले सात हजार पाँच सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका यज्ञप्रसाद ढकालले सात हजार तीन सय ८४ मत पाप्त गरेका थिए ।


यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी रेणु आचार्य विजयी भएकी छन् ।

 

भेरीगंगाका १२ वडामध्ये २, ३, ४, ६, ७, ८, १० र १२ मा नेपाली काँग्रेस, ५, ९, ११ र १३ मा नेकपा एमालेका तथा १ माओवादी केन्द्रका उमेदवार वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

२०७४ जेठ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्