१८ भाद्र । सल्यान जिल्लाको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी बेपत्ता भएका एकै घरका तीन जना बालबालिका मृत फेला परेका छन्् । आइतबार साँझ स्थानीय बालाराम डाँगीको घर पहिरोले पुर्दा बेपत्ता भएका डाँगीका २ छोरी र १ छोरा मृत अवस्थामा फेला परेका हुन्।
घर भित्रै पहिरोमा पुरिएर मृत्यु हुनेमा डाँगीका १० वर्षीया छोरी ललिता डाँगी, ७ वर्षीय छोरा ललित डाँगी र चार वर्षकी मेनका डाँगी रहेको इलाका प्रहरी कार्यालय सिमखोलीले जनाएको छ । घरमा बालबालिकाले भान्सा कोठामा आगो तापिरहेको समयमा घर माथिबाट पहिरो आएर भान्छा कोठा भत्किएपछि ३ बालबालिका पुरिएका थिए ।
आईतबार करिब पौने ६ बजे घरभित्रै पुरिएर मृत्यु भएका बालबालीकाको शव झन्डै ११ घण्टा पछि आज निकालीएकोे ईलाका प्रहरी कार्यलय सिमखोलीका प्रहरी नायव निरीक्षक रतन शर्माले बताए । तिनैजनाको शव मृत अवस्थामा पहिरोबाट पुरिएको अवस्थामा निकालीएको हो । घटना आईतबार बेलुका घटेपनि रातको समयमा घटनास्थल पुग्न कठिनाई हुने भएकाले जिल्ला र नगर स्तरीय टोली घटनाको अवस्था बुभ््mन सोमवार बिहानमात्र घटनास्थल पुुगेको थियो ।
जिल्ला प्रशासन कार्यालय सल्यानले पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकार कमलराज ढकालले पीडित परिवारलाई किरिया खर्च स्वरुप सात हजार पाँचसय रुपैयाँ प्रदान गरेका हुन्् । प्रति मृतक २५ सयका दरले किरिया खर्च उपलब्ध गराएको उनले बताएका छन्।
कर्णाली सरकार द्वारा दुःख व्यक्त
कर्णाली सरकारले बागचौरमा पहिरोमा परि बालबालिकाले ज्यान गुमाएको घटनामा दुःख व्यक्त गरेको छ । आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले शोक वक्तव्य जारी गर्दे कर्णाली सरकार र आफ््नो तर्फवाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री ज्वालाले यो घटनामा सवैले आ -आफ््नो क्षेत्रबाट सहयोग गर्न समेत अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्