१८ भाद्र । सुदूरपश्चिम तथा मध्यपश्चिमाञ्चलमा भव्य रुपमा मनाइने गौरा पर्व सोमबार काठमाडौंको टुँडिखेलमा पनि भब्य रुपमा मनाइएको छ । प्रदेश नम्वर ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको टुँडिखेलमा गौरापर्व भब्य पले मनाएका छन् ।
गौराको अवसरमा उनीहरुले समुहमा हात समाएर देउडा नाचेका थिए । टुँडिखेलमा गौरा मनाउन नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावल, लेखराज भट्ट, कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, रमेश लेखक, एनपी साउद लगायत नेताहरु तथा कलाकारहरु पुगेका थिए ।
सेरोफेरोले टुँडिखेलमा पुगेर कैद गरेका तस्विरहरु हेर्नुहोस् ।
प्रतिकृया दिनुहोस्