१९ भदौ । युवाकवि मोतीराम भट्टको स्मृतिमा स्थापित युवावर्ष मोती पुरस्कार २०७५ युवा साहित्यकारद्वय केशव सिग्देल र चन्द्र रानाहँछालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
पुरस्कार स्वरुप उनीहरुले स्वर्ण पदक र ५० हजार रुपैया प्राप्त गर्ने राष्ट्रिय युवा सेवा कोषले जनाएको छ ।
पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ साहित्यकार कालीप्रसाद रिजालको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको कोषका सचिव भरत राईले जानकारी दिए ।
पुरस्कार यही भदौ २४ गते १५३ औं मोती जयन्तीका अवसरमा प्रदान गरिनेछ । २०४२ सालमा स्थापित उक्त पुरस्कारबाट हालसम्म ६५ जना युवा स्रष्टा सम्मानित भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्