Birendranagar Municipality

जुम्ला स्याउ महोत्सव सम्पन्न

सेरोफेरो
जुम्ला स्याउ महोत्सव सम्पन्न

१९ भदौ । स्याउ लगाऔं, स्याउ रोपौं र स्याउ खाऔं भन्ने मुल नारा सहित जुम्लामा पहिलो पटक ‘स्याउ महोत्सव २०७५’ सम्पन्न भएको छ ।

 

जुम्ली स्याउको उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि कर्णालीमै पहिलो पटक स्याउ महोत्सवको आयोजना गरिएको हो ।

 

काञ्जिरोवा मासिक पत्रिकाको आयोजनामा चन्दननाथ नगरपालिका, उच्च पर्वतीय कृषि अनुसन्धान परिषद, स्याउसँग सरोकार राख्ने निकायहरु कृषि विकास डिभिजन कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन लगायतको सहकार्यमा स्याउको परिकार उत्पादन सम्बन्धि प्रचार प्रसार गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो ।

 

पहिलो पटक आयोजना गरिएको महोत्सवमा ३८ जना स्याउ कृषकहरुको सहभागिता रहेको थियो । उनीहरुले रोयल डेलिसियस, गोल्डेन डेलिसियस लगायतका स्याउहरु प्रदर्शनमा समेत राखेका थिए ।

 

महोत्सवमा उत्कृष्ट तीन जना कृषकलाई छनोटगरी प्रोत्साहन स्वरुप १५ सय रुपैयाका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट तीनमा रतन बहादुर बम, हरि बहादुर बोहोरा र सम्झना कार्की छन् ।


यसैबीच मंगलबार हुम्लामा लिमी महोत्सवको शुरुवात भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले महोत्सवको उद्घाटन गरेका हुन् ।

 

महोत्सवमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, उधोग पयटन वन तथा वातावरण मन्त्री नन्दसिंह वुढा, संघीय साँसद छक्कबहादुर लामा, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगाना, डिएसपी रविन श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

२०७५ भदौ १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्