सेरोफेरो
५ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा नेकपा एमालेका नन्दलाल शर्माको प्यानल निर्वाचित भएको छ । शर्माले एक हजार चार सय ५६ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका कुलबहादुर खत्रीले एक हजार तीन सय ५९ मत प्राप्त गरेका थिए ।
वीनपाका ११ वडामा मतगणना हुँदा मेयरमा नेपाली काँग्रेसका देवकुमार सुवेदी ११ हजार छ सय ४४ मतसहित अग्रस्थानमा छन् भने नेकपा एमालेका बालाराम शर्मा १० हजार चार सय ५७ मतसहित दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका रत्न गाहाले तीन हजार सात सय ३७ मत पाएका छन् भने स्वतन्त्र उमेदवार गेहेन्द्रप्रसाद दाहालाई एक हजार चार सय ६२ मत प्राप्त भएको छ ।
यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी जानकी सिंहले ११ हजार दुई सय ९१, नेकपा एमालेकी मोहनमाया ढकालले १२ हजार दुई सय १० र माओवादी केन्द्रकी हरिमाया शर्माले तीन हजार एक सय ८० मत पाएका छन् ।
प्रतिकृया दिनुहोस्