Birendranagar Municipality

अख्तियार प्रमुखमा घिमिरे सिफारिस

सेरोफेरो/काठमाडौं
अख्तियार प्रमुखमा घिमिरे सिफारिस

२० भदौ । संवैधानिक परिषद्को बुधबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको परिषद्को बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।

 

प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि २०७४ फागुन २ देखि घिमिरेले कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए । घिमिरे २०७१ चैत १९ मा आयोगका आयुक्तका रुपमा नियुक्त भएका थिए ।

परिषदको आजको बैठकमा प्राकृतिक स्रोत र वित्त आयोगका प्रमुख तथा सदस्यका बारेमा छलफल भएपछि निर्णय अर्को बैठकमा हुने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख महरा, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना उपस्थित थिए ।

२०७५ भदौ २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्