Birendranagar Municipality

कर्णालीमा कति होलान् वास्तबिक गरिब ? तथ्याङ्क संकलन गरिने

दिपेन्द्र शर्मा/सुर्खेत
कर्णालीमा कति होलान् वास्तबिक गरिब ? तथ्याङ्क संकलन गरिने

२० भदौ । कर्णालीमा गरिबीको अवस्था कस्तो छ भन्ने पत्ता लगाउन गरिबको तथ्याङ्क संकलन गरिने भएको छ । कर्णाली प्रदेश गरिबी निवारण समन्वय समितिको बुधवार वसेको बैठकले प्रदेशमा रहेका गरिवहरुको तथ्याङ्घ संकलन गर्ने निर्णय गरेको हो ।


कर्णाली प्रदेश सरकारले विनियोजन गरेको वजेटलाई गरिव मैत्री वनाउन प्रदेशमा रहेको गरिवीको तथ्याङ्ग संकलन गर्न लागीएको कर्णाली प्रदेश भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन ।


प्रदेश भरिका ७९ वटा स्थानीय तहहरु संग समन्वय गरेर गरिवीको तथ्याङ्ग संकलन गरिने मन्त्री केसीले वताइन । विगतमा संकलन गरिएका तथ्याङ्गमा धनीको नाम गरिवीमा परेको बताउदै यसलाई अन्त्य गर्न वास्तविक गरिबको पहिचान हुने गरि काम गर्ने मन्त्री केसीको भनाइ छ ।


कर्णाली प्रदेश गरिवी निवारण समन्वय समितिको अध्यक्ष समेत रहेकी मन्त्री केसीका अनुसार स्थानीय तहको प्रोफाइल, तथ्याङ्ग कार्यालयको तथ्याङ्गलाई आधार मानिनेछ । प्रदेशका सवै मन्त्रालयले विषयगत प्रोफाइल वनाएर तथ्याङ्ग संकलन गर्दा सहज हुने केसीको भनाइ छ ।


भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजु वस्नेतको संयोजकत्वमा प्रदेशमा रहेको गरिवको तथ्याङ्ग संकलन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ ।

 

समितिमा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय तथा अन्य मन्त्रालयका एक एक जना अधिकृत प्रतिनिधि,तथ्याङ्ग कार्यालय सुर्खेतका प्रमुख सदस्य रहने मन्त्री केसीले जानकारी दिइन ।

२०७४ भदौ २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्