Birendranagar Municipality

मुख्यमन्त्रीहरुको पहिलो भेला पोखरामा

सेरोफेरो
मुख्यमन्त्रीहरुको पहिलो भेला पोखरामा

२१ भदौ । मुख्यमन्त्रीहरुको पहिलो भेला पोखरामा सुरु भएको छ । भेलाको अध्यक्षता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्दैछन् । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने उपस्थित छैनन् ।

 

सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । भेलामा सातै प्रदेशको अहिलेको अवस्था, भोगेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा छलफल हुनेछ ।

 

सातै प्रदेशका मुख्यमन्त्री एक स्वर बनाएर परिषदको बैठकमा प्रस्तुत हुन भेलाले एजेन्डा तय गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।


यही भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा अन्तर प्रदेश परिषदको बैठक बस्दैछ । उक्त बैठकको पूर्वसन्ध्यामा पोखरामा भइरहेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ ।

२०७५ भदौ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्