२२ भदौ । लोक संगीत क्षेत्रमा क्रियाशील संगीतकर्मी हरि बिष्ट मौलिक तीज श्रष्टा सम्मानबाट सम्मानित भएका छन् ।
नेपाली लोक परम्परा तथा मौलिक गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सहयात्रा नेपालले उनलाई सम्मान गरेको हो ।
राष्ट्रिय नाचघर जमलमा बिहिबार आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको छ । मौलिक श्रष्टा तथा उत्कृष्ट ७ तीज सृजना मध्ये बिष्टको माइतिको आश तीज गीतले विष्टलाई उक्त सम्मान दिलाएको हो ।
उनलाई अवार्ड ढाका टोपी तथा दोसल्ला ओढाएर नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।
विष्टसंगै मौलिक रचना सिर्जनामा योगदान दिने गायिका हरिदेवी कोइराला, सर्मीला गुरुङ, लक्ष्मी न्यौपाने, बिष्णु माझी, बिमाकुमारी दुरा र रिता थापा सम्मानित भएका छन ।

प्रतिकृया दिनुहोस्