२५ भदौ । प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सर्वसम्मत अनुमोदित भएका छन् । सोमबार भएको संसदीय सुनुवाइबाट उनी सर्वसम्मतले अनुमोदित भएका हुन् ।
आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीशको शपथ लिएका छन् ।
मिश्रलाई भदौ ७ गते संवैधानिक परिषद्ले सिफारिस गर्दै संसदीय सुनुवाइका लागि पठाएको थियो । उमेर हदका कारण मिश्र २०७५ पुस १८ गते अवकाश पाउनेछन् ।
मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी अदालतप्रति आम नागरिकको विश्वास बढाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस्