२६ भदौ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटी स्क्यान सेवा सुरु भएको छ । सङ्घीय सरकारको सहयोगमा अस्पताललाई तीन करोड ५० लाख रुपैयाको उपकरण प्राप्त भएको हो ।
जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले बताए ।
बिरामीले निजी अस्पतालभन्दा ५० प्रतिशत सहुलियतमा सो सेवा पाउने डा. खड्काले जानकारी दिए । उनले भने, ‘अब नागरिकले महँगो शुल्क तिरेर जटिल खालका रोगको उपचारका लागि बाहिर धाउनुपर्ने छैन ।'
प्रतिकृया दिनुहोस्