२७ भदौ । तीजको अवसरमा हुम्लामा विशेष नृत्य आयोजना गरिएको छ ।
हुम्ला सदरमुकाम सिमकोटमा बुधबार आयोजना गरिएको तिज विषेश कार्यक्रममा बौद्ध धर्मालम्बी महिलाहरुले आप्mनो धार्मिक पोशाकमा तीज नृत्य प्रस्तुत गरेका छन् ।
तीजमा भगवान महादेवलाईनै पूजा गरिने भएकोले बौद्ध धर्मालम्बीले समेत महादेवको पूजा गरी औपचारिक रुपमा तीज मनाएका हुन् ।
सिमकोट गाउँपालिकाले औपचारिक रुपमा सबै धर्म र वर्गका महिलालाई लक्षित गरी तीज कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए ।
सिमकोटको बालमन्दिर माध्यमिक विद्यालयमा आयोजना गरिएको उक्त तीज नृत्य प्रतियोगितामा गाउँपालिकाका आठै वडाका महिलाहरुको सहभागिता रहेको थियो ।
सधैं देउडा गीत र नृत्यमा रमाएका हुम्लाका महिलाले यसपटक तीज नाच प्रस्तुत गरेका थिए । आफूले पहिलो पटक तीज गीतमा नाचेको सिमकोट गाउँपालिका ३ ठेहेकी कलसुरा भण्डारीले बताइन् ।

प्रतिकृया दिनुहोस्