Birendranagar Municipality

हिमाली जिल्ला हुम्लामा औलो देखियो

रत्न भण्डारी (रबिन)/हुम्ला
हिमाली जिल्ला हुम्लामा औलो देखियो

२९ भाद्र । हिमाली जिल्ला हुम्लामा औलाका विरामी भेटिएका छन् । हुम्लामा सात जना औलोका बिरामी देखा परेका छन्। तराईका जिल्लामा मात्र देखिने औलो रोग पछिल्लो समय उत्तरी हिमाली जिल्लामा पनि देखा पर्न थालेको हो।

 

हिमाली जिल्लामा यो वर्ष देखि औलो रोगका विरामीको संख्या बढ्दै गएपछि जिल्ला अस्पाताल हुम्लालाई नियन्त्रणमा चुनौती देखिएको हो। समुन्द्री सतह देखि ४ हजार देखि ५ हजार फिट उचाई रहेको हुम्लामा पनि औलो रोग देखा पर्न थालेको छ। जिल्ला अस्पताका डा रन्जित कुमार यादवका अनुसार हुम्ला जस्तो चिसो ठाउँमा समेत यस वर्ष देखि ग्रामिण क्षेत्रमा रहेका स्वाथ्य चौकीहरुमा औलो रोगी देखापरेका बताए।

 

यो आर्थिक वर्षमा मात्रै एक दर्जन औलो रोगका लक्षण भएका बिरामी भेटिएको जिल्ला अस्पताका डा यादवले बताए। २०७५ बैशाखमा सर्केगाढ गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा २ जना, ताँजकोट गाउँपालिकामा रहेको स्वाथ्य चौकीमा २ जना र अदनचुली गाउँपालिकामा ३ जना औलोका बिरामी फेला परेको अस्पतालले जनाएको छ। पछिल्लो समयमा हुम्लाका विभिन्न गाउँमा औलो संक्रमित बढी छन्। विरामीहरुमा शरिर काप्ने, मुखबाट फिँज निकाल्ने, पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खान मन नलाग्ने जस्ता लक्षण देखिएको छ।

 

औलोबाट कसरी ज्यान जोगाउने भन्ने चिन्ता रहेको स्थानीयवासी ताँजकोट गाउँपालिका ५ का औलो बिरामी किशोर बुढाले बताए। औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्वीन र प्रिमाक्वीन’नामक औषधीको अभाव हुन नदिन जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले पहल गरेको जनाएको छ। रोगको नियन्त्रणका लागि अस्पतालसँग भएको औषधी र आवश्यक जनशक्ति प्रयोग भइरहेको जिल्ला अस्पतालका प्रमुख डा रन्जितकुमार यादवले जानकारी दिए।

 

जिल्लाका विभिन्न गाउँपालिकामा औलो रोगका विरामी देखापरे पछि जिल्लाबाट डा शरोज प्रजापती, ल्यापटेक्निशियन सुनिता तामाङ् लगायतको टोली औलो रोग प्रभावित क्षेत्रमा गएर उपचार गरिरहेको यादवले बताए।

२०७५ भाद्र २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्