भाद्र ३१ । सुदुर पश्चिममाञ्चल विश्वविद्यालयको सभा बालुवाटारमा सम्पन्न भएको छ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको आज बालुवाटारमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुदुरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले सुदुरपश्चिम विकासमा पछि पर्यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने उनको भनाइ छ । “प्राकृतिक स्रोतले भरिपूर्ण सुदुरपश्चिमका सम्भावना धेरै छन् । यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ, प्राविधिक जनशक्ति आदि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ ।”
प्रधानमन्त्री ओलीले शिक्षामा एक बर्ष भित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने बताए । प्रधानमन्त्री ओलीले भने “म कसैको मुख हैन कामको परिणाम हेर्छु” ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुका सम्बन्धमा छानविन गर्नका लागि दुईवटा समिति गठन भएको छ ।
विश्व विद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक बिषयमा उठेका गुनासाहरुका बिषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिबको नेतृत्वमा एक समिति गठन गरिएको छ । दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ ।
समितीको प्रतिवेदन अध्ययन गरेर विश्व विद्यालयसभाको बैठक पुन आयोजना गर्ने गरी स्थगित गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्