Birendranagar Municipality

सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित निर्वाचित

सेरोफेरो/काठमाडौं
सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित निर्वाचित

भाद्र ३१ । सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित सर्वसम्मत भएकी छिन् । समूहको सातौं महाधिवेशनले पण्डितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

 

समितिको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा सर्वसम्मत चयन भएकी छिन् ।

 

यस्तै सदस्यहरुमा कृति भट्टराई, पवित्रा सुनार, रुवी रौनियार, उर्वसी बस्न्यात, दुर्गा कार्की, बसन्ती बास्तोला, कविता थापा र सञ्चिता घिमिरे सर्वसम्मत चयन भएका छन् ।

तस्बिर : महिलाखबरबाट

२०७५ भाद्र ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्