Birendranagar Municipality

हुम्लाका ठकुरीले यसरी मनाए गौरा पर्व

रत्न भण्डारी /हुम्ला
हुम्लाका ठकुरीले यसरी मनाए गौरा पर्व

१ असोज । हुम्ला जिल्लाका ठकुरी समुदायले गौरा पर्व मनाएका छन् । दुई दिनसम्म संचालन भएको उक्त पर्वमा आईतवार गौरालाई धुमधाम पुजाआजा गरेर भित्र्याइएको थियो भने सोमवार पुजापाठ पछि पठाईएको छ ।

 

गौरा पर्वमा बिशेष गरेर महिलाहरु श्रीमानको दिर्घायु तथा घर शान्तिको लागि दुई दिनसम्म लगातार ब्रत बस्ने गर्छन् ।

 

यसका साथै गौरा पर्वमा पुरुषहरुले ढाल तरवार सहित नाँच्ने र महिलाले गीत गाउँने गर्छन् । महिलाहरु स्थानीय गाउन, घाँगर, चोली, गरगहना र पोते लगाएर सजिएका हुन्छन् ।

 

यो गौरा पर्व हुम्ला जिल्लाका सबै ठकुरी बस्ती भएका खोल्सी, डाँडाफया, हिल्दुम, खर्पेलगाँउ, पिउस, लालि, कारंग, गोठी, रोडिकोट लगाएतका ठाँउमा मनाउने गरिन्छ ।

२०७५ असोज १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्