Birendranagar Municipality

सुर्खेतमा पहिलो पटक भलिबल रेफ्रि तालीमको आयोजना हुंदै

सेरोफेरो/सुर्खेत
सुर्खेतमा पहिलो पटक भलिबल रेफ्रि तालीमको आयोजना हुंदै

१ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक भलिबल रेफ्रि तालीमको आयोजना हुने भएको छ । मंगलबार देखी उद्घाटन हुने तालीमको प्रशिक्षण अन्र्तराष्ट्रिय स्तरका रेफ्रि गौतम प्रसाद लासीवाले गर्ने आयोजकले बताएको छ ।

 

सुर्खेत जिल्ला भलिबल संघको आयोजना तथा नेपाल भलिबल संघ त्रिपुरेश्वर काठमान्डौंको समन्वयमा हुन लागेको भलीबल रेफ्रि तालीम असोज २ गते देखी ६ गते सम्म चल्ने नेपाल भलीबल संघका केन्द्रिय सदस्य तथा कार्यक्रम संयोजक सोमबहादुर श्रेष्ठ (मंगल) ले बताएका छन् ।


प्रदेश स्तरिय तालीममा कर्णाली प्रदेशका सबै जिल्ला र प्रदेश नं ५ तथा ७ बाट समेत सहभागीहरु आउने छन् । तालीममा करिब ७० जनाको सहभागीता रहने छ । कर्णाली प्रदेशमा यो पहिलो भलीबल रेफ्रि तालीम भएको जिल्ला खेलकुद विकास समिति सुर्खेत तथा सुर्खेत जिल्ला भलीबल संघका समेत अध्यक्ष चन्द्रकुमार गिरीले बताएका छन् । उनले भने ‘हामीले यो भन्दा अगाडि भलीबलको रेफ्रि तालीमको आयोजना गरेको थियनौं ।

 

यो तालीमले समग्रमा कर्णाली प्रदेशको भलीबल खेललाई अझ बलीयो बनाएर लैजाने छ ।’ हामीलाई जिल्ला स्तरिय भलीबल प्रतियोगीता सञ्चालन गर्दा रेफ्रि बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो । उनले थपे ‘अब कर्णाली प्रदेश यो झन्झटबाट मुक्त हुने छ । तालीममा सहभागीहरु आ-आफ्नो जिल्लामा गएर भलिबल खेललाई अगाडि बढाउन सक्नेछन् ।’

 

२०७५ असोज १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्