Birendranagar Municipality

कर्णाली श्रम दिवसको अवसरमा पाँच सय विरुवा रोपियो

सेरोफेरो/सुर्खेत
कर्णाली श्रम दिवसको अवसरमा पाँच सय विरुवा रोपियो

१ असोज । कर्णाली सरकारले हरेक महिनाको श्रम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सोमबार २ सय १६ तेजपत्ताका बिरुवा तथा ३ सय फलफुलका बिरुवा रोपिएको वीेरेन्द्रनगर नगरपालीकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताएका छन् ।


वीरेन्द्रनगर १२ को एयरपोर्टचौक सडक छेउमा २ सय १६ तेजपत्ता र वीरेन्द्रनगर ५ को सरकारी जग्गामा ३ सय फलफुलका बिरुवा रोपिएको हो । कार्यक्रमका कर्णाली प्रदेश सरकारका मन्त्री, सचिब, सुरक्षा निकाय तथा जनप्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।


वृक्षारोपण कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले सडकका छेउमा विरुवा नभई पैसा रोपेको बताएका छन् । उनले भने ‘विरुवा मानब जिवनका लागी अत्यन्तै महत्वपुर्ण छ । हामीले विरुवा होईन पैसा रोप्दै छौं । अक्सिजनका लागी मात्रै हामीले विरुवा रोपेका होईनौं ं। तेजपत्ताबाट मनग्य आम्दानी गर्नका लागी समेत हामीले यो नयाँ कामको शुरुवात गरेका हौं ।’


आफुले सडकका नालीहरु सफा गरेको जनतालाई सभ्यता सिकाउनको लागी भएको समेत मुख्यमन्त्री शाहिले बताएका छन् ।


त्यस्तै वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देव कुमार सुवेदीले अब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालीका सुर्खेतलाई नमुना र हरियाली बनाउने बताएका छन् ।


कर्णाली प्रदेश सरकारको २०७४ फाल्गुन २६ गतेको मन्त्रीपरिषद्को निर्णय अनुरुप हरेक महिनाको १ र १५ गते श्रम दिवस मनाउदै आएको छ ।

२०७५ असोज १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्