Birendranagar Municipality

सामाजिक सवालमा नागरिक समाजको सकृयता बढाउने प्रतिबद्धता

सेरोफेरो/सुर्खेत

१ असोज । सुर्खेत स्थित नागरिक समाज संजाल ले स्वास्थ्य, शिक्षा, कृषि, विपद व्यवस्थापन, सुशासन लगायत अन्य सामाजिक, राजनैतिक साँस्कृतिक विसंगति र विकृतिका सवालहरुमा सामुहिक पैरविका लागि सकृय हुने बताएका छन् । 

 

सोमबार सुर्खेत वीरेन्द्रनगरमा नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना संचालन गरिहेको सुन्दर नेपाल संस्था सुर्खेतले आयोजना गरेको कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् । स्थानीय सरकार तथा प्रदेश सरकारका नीति कार्यक्रम र बजेटमा उल्लेख भएका विषयहरुलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारका अंगहरुलाई सघाउने बताएका छन् ।

 

यसैगरी उनिहरुले व्यावसाहिक कृषकहरुको पहिचान र वर्गिकरण गरि उनिहरुलाई कृषि पेन्सन दिन पैरवी गर्ने, तथा शुसासन प्रवर्दनका निमित्त शुसासन प्रवर्दन रणनिती कार्ययोजना २०७४ अनुसार सामाजिक जवाफदेहिताका औजारहरुको अनिवार्य प्रयोगका लागी स्थानिय तहमा कार्यविधी तयार गरि लागु गर्न पैरवी गर्ने समेत बताएका छन् ।
कार्यक्रममा नागरिक समाज संस्थाहरुको प्रतिनिधिहरुसंग पारस्परिक जवाफदेहीता परियोजनाको प्रगति तथा समिक्षा समेत गरिएको थियो ।

 

उक्त कार्यक्रममा कृष्ण बहादुर हमाल, पिताम्बर ढकाल, दुर्गा थापा, खिम रेग्मी, गणेश कन्चन भारती, भूपेन्द्र प्रसाद कंडेल लगायतको उपस्थीत रहेको थियो । कार्यक्रमबाट तीन बुँदे प्रतिवद्धता जारी गरिएको छ ।

 

जसमा संघ संस्थाहरुले पनि सूचनाको हक अन्र्तगत ३/३ महिनामा २० किसिमका सूचना सार्वजनिक गर्ने र सरकारी निकायलाई पनि जवाफदेहि गराउने ।

 

सरकारका राम्रा कामलाई सहयोग गर्ने र जवाफदेहि बनाउन निगरानी गर्ने र बनेका नयाँ नीति नियमहरुलाई तल्लो तहसम्म जनचेतना फैलाउन विभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

२०७५ असोज १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्