Birendranagar Municipality

सुर्खेतका अलपत्र सडकको निर्माण समयमै सक्न सांसद रावतको माग

सेरोफेरो/काठमाडौं

४ असोज । सुर्खेत जिल्लामा निर्माण भईरहेका बिभिन्न बहुबर्षे सडकको काम रोकिएको प्रति सांसद नवराज रावतले चिन्ता व्यक्त गरेका छन् ।

 

प्रतिनिधी सभाको बैठकमा बोल्दै सुर्खेत क्षेत्र २ का सांसद रावतले अलपत्र कामलाई तत्काल शुरु गर्न माग समेत सरकारको ध्यानाकर्षण गरेका छन् । उनले आयोजनालाई चौबाटोमा अलपत्र नछोड्न समेत सरकार संग माग गरेका छन् ।

 

रावतले वीरेन्द्रनगर भित्रको चक्रपथ निर्माणको काम अलपत्र रहेकोले तल्लो तहका सरकारलाई बजेट र जनशक्ति समेत हस्तान्तरण गर्न माग गरेका छन् ।


यसै गरी उनले देउतीबज्यै ढोलढुङ्गा अमृतडाँडा सडक, रत्नराजमार्ग, बामेखोला म.प विश्वविद्यालय ईन्जिनियरीङ सम्मको सडक, तातापानी, घाटगाउँ, कर्णाली चिसापानी हुँदै जंगलाघाट सडकको समेत कामलाई तिव्रता दिन माग गरेका हुन् । उनले यिनी सडकहरु निर्माण भएमा अछाम र हिल्सा सम्म सिधा सम्पर्क हुने बताएका छन् ।

 

सांसद रावतले केन्द्र सरकारले प्रदेश सरकारलाई देखाउने र प्रदेश सरकारले स्थानिय तहलाई देखाएर पन्छिने काम गरेको समेत आरोप लगाएका छन् ।

हेर्नुहोस् भिडियो

 

 

२०७५ असोज ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्