सेरोफेरो
६ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १५ मा नेकपा एमालेका पुनबहादुर पुलामीको प्यानल विजयी भएको छ । पुलामीले तीन सय ९९ मत पाएका थिए भने उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका रुद्रबहादुर खत्रीले तीन सय ४२ मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रका उमेदवार शक्ति बहादुर थापाले ४९ मत पाएका छन् ।
पुलामीको प्यानलमा महिला सदस्य लक्ष्मी ज्ञवाली, दलित महिला सदस्य मनकली विक र खुला सदस्यमा दलबहादुर खत्री र हिक्मतबहादुर वली विजयी भएका छन् ।
पुलामी २०५४ को स्थानीय चुनावमा साविक रतु गाविसका निर्वाचित अध्यक्ष हुन् ।
प्रतिकृया दिनुहोस्