तस्बिर: गुगल
५ असोज । पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकामा पर्ने मनोरम स्यार्पु तालमा दोस्रो ‘स्यार्पू पर्यटन महोत्सव’ आयोजना हुने भएको छ ।
गाउँपालिकाको आयोजनामा असोज ११ देखि १५ गतेसम्म संचालन हुने उक्त महोत्सवमा स्थानीय जडिबुटी, कृषि उत्पादन, तथा कला संस्कृति र खेलकुदलाई प्राथमिकतामा राखिने गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए ।
आयोजक पक्षले महोत्सवले गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रसँगै कर्णाली पर्यटन वर्ष २०७५ लाई पनि सघाउने विश्वास लिएको छ ।
महोत्सवमा स्थानीय पञ्चेबाजा, सिंगारुनाचलगायत विभिन्न प्रतियोगितात्मक झाँकीहरु प्रस्तुत गरिने छ ।
जिल्लाको ऐतिहासिक महत्व बोकेको स्यार्पूतालको गहिराई एक सय ८७ मिटर छ । तीन किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पूमा यसअघि २०६७ सालमा पहिलो स्यार्पू महोत्सव गरिएको थियो ।
प्रसिद्ध स्यार्पूतालमा आधुनिक डुङ्गा सञ्चालनमा ल्याएइपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।
प्रतिकृया दिनुहोस्